मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

आइतबार, १२ पुस २०७७, १८ : ३६
आइतबार, १२ पुस २०७७

काठमाडौं । संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले रातोपाटीलाई बताए । चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

डिएसपी मल्लकाअनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।

आईतबार सोही ठाउँमा गोली हानाहान भएको हो । ०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर विप्लव समूहले गोली हानेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप