‘एउटा यस्तो प्रेम कहानी’ को ‘हलाल’ गीतमा सुस्माको आइटम

काठमाडौं । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले यसै वर्ष फिल्म रिलिज गर्ने उद्देश्यका साथ आइट गीत सार्वजनिक गरेको हो । गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । यो गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् ।
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले अभिनयमा डेब्यु गर्दैछन् ।
दीपेश सापकोटाको निर्देशन रहेको र फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग
-
कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन