लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, परिसूचक २ हजारभन्दा तल

काठमाडौं । सेयर बजार आज पनि घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) करिब ४० अंकले घटेको हो । योसँगै परिसूचक लगाता ३ दिनदेखि घट्दो क्रममा छ । आइतबार बजार ३९.९८ प्रतिशतले अंकले घट्दा परिसूचक फेरि २ हजारभन्दा तल झरेको छ । आइतबार बजार १ हजार ९ सय ९८ दशमलव ६५ अंकमा सीमित भएको हो । आजको बजारमा ४ अर्ब ६६ करोडको कारोबार भयो ।
आजको बजारमा कारोबार भएका १ सय ७५ कम्पनीमध्ये १ सय ४२ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । बजारमा आज सबै सूचक तथा उपसूचक घटेको छ । जीवन बीमा क्षेत्रमा छ । निर्जीवन बीमा र अन्य क्षेत्रमा पनि २ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।
बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गिरावट भने विशाल बजार कम्पनी र सोल्टी होटलको ५ प्रतिशत भन्दा धेरैले भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि