गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो
आइतबार, १२ पुस २०७७, १३ : ३१
![गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो](https://rpcdn.ratopati.com/media/albums/death-mrityu-dead-body_ptLp67BAc9_WNSXB7SYg7.jpg)
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए ।
बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आज बिहान करीब २ः०० बजे रेसुङ्गा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो । ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह