शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको  कोरोना विशेष अस्पतालबाट बिरामी भागे

आइतबार, १२ पुस २०७७, ११ : १३
आइतबार, १२ पुस २०७७

बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना बिरामी हराएका छन् । 

गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षिया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार पिसाब फेर्न भनेर शौचालय गएका बिरामी भागेका हुन् । 
  
उनले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।'

डा. थापाले प्रहरीको सहयोगमा खोजी भईरहेको बताए ।

आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले बताईन् ।

उनले भनिन्, ‘हिजो साँझ फोन गर्दा छिटो मलाई लिन आइज भन्नुभएको थियो । यहाँ म बस्न सक्दिन भन्नुभएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईंको बिरामी छैनन् भनेर भने ।’

उनले अस्पतालकै लापरवाहीले गर्दा  यस्तो भएको भन्दै आक्रोश पोखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप