शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपको थुप्रै देशमा पुग्यो कोरोनाभाइरसको नयाँ प्रकार, बढ्यो चिन्ता

आइतबार, १२ पुस २०७७, ०६ : ४१
आइतबार, १२ पुस २०७७

युरोपका थुप्रै देशले कोरोनाभाइरसको अत्यधिक संक्रामक नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् । यो भाइरसको त्यहि प्रकार हो जसको पहिचान सबैभन्दा पहिले बेलायतमा भएको थियो ।

अब स्पेन, स्विडेन र स्विटजरल्याण्डले बेलायतको यात्राबाट फर्केका आफ्ना नागरिक कोरोनाभाइरको नयाँ भेरियन्टद्वारा संक्रमित भएको पुष्टि गरेका छन् ।

बेलायतमा भाइरसको नयाँ प्रकार भेटिएको खबर पाएपछि थुप्रै देशले आफ्ना नागरिकको यात्रामा प्रतिबन्ध लगाएको थियो ।

स्पेनको राजधानी मेड्रिडमा बिहिबार बेलायतबाट फर्केका एक व्यक्तिका तीनजना आफन्तमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पुष्टि भएको छ । यो जानकारी शहरका डेप्युटी हेल्थ चीफ एन्टोनियो जापातेरोले दिएका हुन् ।

उनले भने, ‘चौथो संक्रमित पनि बेलायतबाट फर्किएका एक व्यक्ति हुन् । यद्यपि, कोही पनि बिरामी गम्भीर रुपमा बिरामी छैनन् त्यसैले डराउनु पर्ने आवश्यक छैन ।’

ओन्टोरियो क्यान्डाका एक जोडीमा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको छ । उनीहरु पछिल्लो समयमा कतै यात्रा पनि नगरेको र उच्च जोखिममा भएका मानिसहरुको सम्पर्कमा पनि नरहेको अधिकारीले बताएका छन् । 

फ्रान्स, स्विटजरल्याण्ड, स्पेन र स्विडेनमा पनि संक्रमितः

यसअघि शनिबार बिहान फ्रान्सले पनि आफ्नो देशमा बेलायतको यात्राबाट फर्किएका एक व्यक्ति नयाँ स्ट्रेनद्वारा संक्रमित भएको खबर दिएको थियो । संक्रमित व्यक्तिमा कुनै लक्षण देखिएको छैन र हाल उनले आफूलाई घरमा नै आइसोलेट गरेर राखेका छन् ।

भाइरसको नयाँ भेरियन्टको पुष्टिपछि फ्रान्सले बेलायतसँगको आफ्नो सीमा बन्द गरेको थियो । यद्यपि, बुधबार यसले युरोपेली संघका नागरिकका लागि सीमा खोलिदिएको थियो । शर्त स्वरुप उनीहरुले आफ्नो कोरोना नेगेटिभ रिपोर्ट पेश भने गर्नु पर्नेछ ।

स्पेन र फ्रान्सबाहेक स्विटजरल्याण्डले पनि तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पाइएको जानकारी दिएको छ । यीमध्ये दुई बेलायती नागरिक हुन् जो क्रिसमसको छुट्टी मनाउन स्विटजरल्याण्ड गएका थिए ।

स्विटजरल्याण्ड एउटा मात्रै यस्तो देश हो जसले क्रिसमसको मौकामा विदेशी पर्यटकका लागि आफ्नो सीमा खोलेको थियो र यसैकारण पछिल्लो केही हप्तामा हज्जारौं बेलायती नागरिक छुट्टी मनाउन यहाँ पुगेका थिए ।

स्विडेनको एक ट्राभल एजेन्सीले बेलायतबाट फर्किएका एक व्यक्तिको स्वास्थ्य बिग्रिएको र उनले आफूलाई आइसोलेट गरेको जानकारी दिएको छ ।

डेनमार्क, जर्मनी, इटली, नेदरल्याण्ड र अष्ट्रेलियामा पनि मानिसहरु कोरोनाभाइरसको नयाँ भेरियन्टको चपेटमा आएको पुष्टि भइसकेको छ ।

जापानले बेलायतबाट फर्केका पाँच जापानी नागरिक पनि संक्रमित भएको शुक्रबार जानकारी दिएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट के हो ?

कोरोनाभाइरसको नयाँ स्ट्रेनको पहिचान सबैभन्दा पहिले लण्डन, दक्षिण–पूर्वी ब्रिटेन र पूर्वी ब्रिटेनमा भएको थियो ।

ब्रिटेनको सरकार अनुसार आजकाल देशमा कोरोना पोजेटिभ भइरहेका मानिसहरुमा दुई तिहाई संख्या नयाँ भेरियन्टद्वारा संक्रमित हुनसक्छन् । यद्यपि, यो एक अनुमान मात्रै हो ।

भाइरसबारे तीन प्रमुख कुरा जसले दुनियाँलाई चिन्तामा पारिरहेको छः

- यसले निकै छिटो कोरोनाभाइरसको अन्य रुपको स्थान ओगटिरहेको छ ।

- यसको म्युटेशनले भाइरसको त्यो हिस्सामा परिवर्तन भएको छ जसले मानिसको कोसिकामा असर पारिरहेको छ । यसमा .... नामको म्युटेशन भएको छ जसले शरीरको कोसिकालाई प्रभावित गर्छ ।

- प्रयोगशालामा देखिए अनुसार यीमध्ये केही म्युटेशनका कारण भाइरसले मानिसको कोसिकालाई संक्रमित गर्ने क्षमता बढ्ने गर्छ ।

बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गेलाघरका अनुसार यी कारणले भाइरसको नयाँ भेरियन्ट निकै सजिलै फैलन सक्छ ।

यद्यपि, हालै तयार भएका प्रमुख भ्याक्सिन कोरोनाभाइरसको यो परिवर्तित रुपमा पनि प्रभावकारी हुने विशेषज्ञले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप