बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नागरिक समाज सडकमा (फोटोफिचर)

शनिबार, ११ पुस २०७७, १६ : ०३
शनिबार, ११ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नागरिक समाजका अगुवाहरु सडकमा आएका छन् । ओलीबाट भएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको भन्दै उनीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 
 ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरे । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको बृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन् ।

 सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि नै पनि आक्रमण गरेको अधिकारकर्मी युग पाठकले बताए । 


ओलीको कदमको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । 

प्रदर्शनकारीहरुले ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नि ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

 बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

प्रदर्शनका थप तस्बिरहरु हेर्नुहोस्ः 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप