बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

माइतीघर मण्डलामा आज पनि उखु किसानको प्रदर्शन

शनिबार, ११ पुस २०७७, १४ : १२
शनिबार, ११ पुस २०७७

उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।
 विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।

 चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप