बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गाँजासहित बाबुछोरा पक्राउ

शनिबार, ११ पुस २०७७, १२ : ५३
शनिबार, ११ पुस २०७७

इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको हो । जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ ।

गैँडाको आक्रमणबाट एक घाइते 

पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप