शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाजमा सपनाहरु

शनिबार, ११ पुस २०७७, १२ : २३
शनिबार, ११ पुस २०७७

 

 

 

 

-लोकेन्द्र भण्डारी 

बाका अधुरा सपनाहरु
आमाका भोका आँखाहरु
साना बच्चाका कलिला रहरहरु बोकेर 
जिन्दगीको सुनौलो किरण खोज्दै
आमाको काख छोडेका
एक हुल बुद्धहरुसँगै
उडिरहेको छ जहाज
आर्यघाटको ठीक माथिबाट 

आमाको कोखबाट
ऊसँगै पोखिएको रगतले
भिजेको माटो 
जुन प्यारो माटोमा
खेल्ने उसका जवान रहरहरुलाई यतै छोडेर
ओसारिरहेको छ
त्यो ठूलो जहाजले
यो देशका भविष्यहरु
अनि
आफ्नै भविष्य बेचेर 
ललिपप खाइरहेको छ
मेरो देशको सरकार ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा