ad
केन्द्रीय संस्करण

महिनावारीबाहेक अन्य समयमा रक्तस्राव हुने १० कारण

person explore access_timeपुस ११, २०७७ chat_bubble_outline0

एजेन्सी । महिनाको समयमा योनीबाट रक्तस्राव हुनुलाई सामान्य मानिन्छ । तर, कहिलेकाँही केही महिलाहरुको योनीबाट महिनावारी नभएको समयमा पनि रक्तस्राव हुने गर्छ । महिलाहरु यस्तो समस्यालाई सामान्य रुपमा पनि लिने गर्छन् । तर, बिना महिनावारी रक्तस्राव हुनु असामान्य अवस्था हो । बिना महिनावारी रक्तस्राव हुनु खतरनाक रोगको संकेत पनि हुन सक्छ । 

के कारण हुन्छ त बिना महिनावारी योनीबाट रक्तस्राव ? 
पीसीओडी वा युटीआई 
पाठेघरको भित्ता सुन्निनु 
पाठेघरमा फाइब्राइड
अचानक तौल बढ्ने र घट्ने हुनु
पाठेघरमा पोलिप्स हुनु
पाठेघर, योनी वा अण्डाशयमा क्यान्सर हुनु
यूट्रसमा इन्फेक्शन वा ट्युमर हुनु

अन्य कारण 
थाइराइडमा हर्मोन अनियमित हुनुका कारण भोक कम वा धेरै लाग्ने हुँदा ऐठन हुने, जोर्नी दुखाई हुनु, कपाल झर्नु, तौल बढ्नु वा घट्नु र योनीबाट रक्तस्राव हुनु ।

अचानक गर्भ रहनबाट बच्नको लागि पिल्स वा अन्य गर्भनिरोधक साधनहरुको प्रयोग गर्ने गर्दा असामान्य रक्तस्राव हुन्छ । यस बाहेक अन्य संक्रामक रोगहरुका कारण पनि रक्तस्राव हुनसक्छ । 

गर्भवती भएको अवस्थामा गर्भपतनको संकेत 
गर्भवती भएको अवस्थामा रक्तस्राव हुनु वा रगतका थोपा देखिनु गर्भपतनको संकेत पनि हुनसक्छ । गर्भ रहेको शुरुवाती हप्ताहरु १२, १४ वा २४ हप्ताभित्र रक्तस्राव हुनु एक्टोपिक गर्भ रहेको संकेत पनि हुनसक्छ । यद्यपि, गर्भ रहेको अवस्थामा हल्का रक्तस्राव हुनु सामान्य हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.