शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब हरेक दिन खानुस् लसुन

शनिबार, ११ पुस २०७७, ०९ : १०
शनिबार, ११ पुस २०७७

एजेन्सी । काठमाडौँ लगायतका क्षेत्रमा चिसो बढ्न थालेको छ । चिसोका कारण विभिन्न समस्याले सताउन थालेको छ । चिसोमा आउने विभिन्न समस्याबाट बच्नका लागि खानामा हरेक दिन एउटा पोलेको लसुन खाने गर्नुपर्छ । यसले चिसो, रुघाखोकी, ज्वरो तथा अन्य चिसोका कारण हुने समस्याहरुबाट बचाउँछ । 

लसुनमा जीवाणुरोधी र एन्टिसेप्टिक गुण पाइन्छ । लसुनले खानालाई स्वादिष्ट मात्र बनाउने काम गर्दैन यसले स्वास्थ्यलाई लाभ पनि पुर्याउँछ । लसुनमा हुने म्यागनीज, पोटाशियम, आइरन, क्याल्शियम र भिटामिन जस्ता तत्वहरुले शरीरलाई थुप्रै रोगहरुबाट समेत बचाउने काम गर्छ । 

चिसो र फ्लु 
लसुनमा चिसो र विभिन्न प्रकारका फ्लुसँग लड्ने क्षमता हुन्छ । यदि चिसो मौसममा लगातार रुघाखोकीको शिकार भएमा लसुनको चिया पिउने वा खाली पेटमा पेटमा लसुन खाँदा यस्तो समस्या कम हुन्छ । 

मुटुका लागि फाइदाजनक 
लसुनमा एलिसिन पाइन्छ । जुन मुटुमा हुने विकार तत्वहरुसँग लड्न मद्दत गर्छ । एलिसिनले खराब कोलेस्ट्रोलको अक्सिकरण रोक्ने काम गर्छ । यसले मानव शरीरमा कोलेस्ट्रोलको स्तर पनि कम गराउँछ । जसले मुटुको स्वास्थ्य अवस्था बलियो बनाउँछ । नियमित रुपमा लसुनको सेवन गर्दा रगत जम्ने खतराबाट समेत बच्न सकिन्छ । लसुनले रक्तनलीलाई आराम दिलाई उच्च रक्तचापको समस्या पनि कम गर्छ । 

रोग प्रतिरोधात्मक क्षमता बढाउँन 
लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । महसँग लसुन खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ । 

तौल कम गर्न 
लसुनमा पाइने अत्यधिक पोषक तत्व क्यालोरीले भरपुर हुन्छ । डाक्टरको सल्लाहअनुसार पेटमा जम्मा हुने बोसो पैदा गराउँने कोशिकाहरुलाई निस्क्रिय बनाउँछ । यसले शरीरमा थर्मोजेनेसिसलाई पनि बढाउँछ र अधिक बोसो र एलडीएल (खराब कोलेस्ट्रोल) कम गराउँछ । 

दम 
हरेक दिन लसुन खाँदा दमका बिरामीहरुलाई फाइदा पुग्छ । हरेक दिन राति सुत्नुअघि एक गिलास दूधमा तीन केस्रा लसुन खाने गर्दा दम कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप