कोरोनाभाइरसको संक्रमणले यसरी पारिदिन्छ फाेक्सोलाई सखाप !
ठ्याक्कै त स्मरण छैन शायद आफ्नो युवावस्थामा खुबै रुचाएका कवि गोपालदास नीरजका पंक्ति हुन यी -
न जन्म कुछ न मृत्यु कुछ बस इतनी सी बात है ,
किसी की आँख खुल गयी किसी को नींद आ गई।
आज यी पंक्ति स्मरणमा आउनुको संयोग पनि विचित्रकै छ। मेरो एकजना माईज्यू सीता पोखरेलले कवि नीरजको यी पंक्तिलाई आत्मसात गर्दै यसै मुक्तकका पहिलो पंक्तिलाई ( पंक्तिमा व्यक्त भावलाई ) आफ्नो अंदाजले प्रतिउत्तर दिनु भएको छ।
नीरज भएको भए निश्चय पनि सीता पोखरेलले उनको मुक्तकका पहिलो पंक्तिलाई दिएको जबाबबाट आत्म विमुग्ध भई अर्को कुनै मुक्तकबाट सामाजिक परिवर्तनको उद्घोषलाई अक्षुण्ण बनाउने थिए।
मेरो मामा शम्भु पोखरेल ( सीताका पति ) कोरोना विरुद्ध २२ दिन संघर्ष गरेर अन्ततः शिथिल हुनु भयो तर उहाँले कोरोनालाई भने जित्नुभयो। अन्तिम सास फेर्नुभन्दा ५-६ दिन पहिला नै उहाँको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो। तर उहाँको शरीरमा पसेका भाइरसले आफु सखाप हुनु पूर्व उहाँको भित्री शारीरिक अंगलाई नराम्ररी क्षत -विक्षत बनाएको हुनाले बाह्य आक्रमणकारीसँग विजित भए पनि मामाको शारीरिक क्षमताले क्षत-विक्षत भएको अंगलाई स्वस्थ बनाउन सकेन।
कोरोना भाइरस कुनै किसिमको विष होइन। यसलाई श्वास प्रणालीमा अवरोध पुर्याउने (respiratory disease carrier) जिनिस भन्नु नै उपयुक्त हुन्छ। यसको संक्रमणले मुख्य रूपमा श्वाससम्बन्धी समस्या र बाधा नै उत्पन्न गराउँछ।
उहाँलाई पाँच तत्वमा विलीन गराएपछि फेसबुकमा एउटा पोस्ट लेखे। अग्रज कोमल भट्टराईले 'कमेन्ट बक्स'मा लेख्नु भयो - कोरोना नकारात्मक भइसक्दा फोक्सो पुनः स्याहार नहुनु कोभिड– १९ मा रहस्यमय रहिरहेको छ। कोरोना भाइरसको आक्रमणको कारणले
फोक्सोका कोशिका क्षय हुन्छन् कि कोरोना विरुद्ध फोक्सोले लड़दा फोक्सोका कोशिका क्षय हुन्छन् ? यसबारे विज्ञान के भन्छ ?
हुन त यसबारे ६ महीना अगाडि नै मैले कुनै ऑनलाइनमा एउटा लेख लेखेको थिए। कोमल दाइको आग्रहले यसबारे संक्षेपमा लेखन बाध्य भए।
फोक्सो स्वास प्रणालीको महत्वपूर्ण अंग हो। स्मरण रहोस् कोरोना भाइरस कुनै किसिमको विष होइन। यसलाई श्वास प्रणालीमा अवरोध पुर्याउने (respiratory disease carrier) जिनिस भन्नु नै उपयुक्त हुन्छ। यसको संक्रमणले मुख्य रूपमा श्वाससम्बन्धी समस्या र बाधा नै उत्पन्न गराउँछ। मधुमेह, हृदय रोग र क्यान्सर जस्ता रोगले पहिला देखि नै ग्रसित व्यक्तिमा कोरोना संक्रमणले झनै वेग र तीव्रताले समस्या जन्माउछ।
कोरोना शरीरमा प्रवेश गरे पश्चात् 'म्यूकस मेमब्रेन्स' (mucous membranes) लाई आफ्नो आधार भूमि बनाउँछ। 'म्यूकस' कै सहाराले यो 'रेस्पिरेटरी ट्र्याक' (respiratory tract) बाट हुँदै आधार इलाका फोक्सोमा पुग्छ।
मुख्य कुरा के हो भने फोक्सोको बाहिरी किनारमा हावा र फोहोर आवागमन हेतु वायुकोष्ठिका 'एल्वियोली' (alveoli) हुन्छन्। यिनैको माध्यमबाट श्वास लिँदा वायु फोक्सोमा प्रवेश गर्छ र श्वास छाडदा फोक्सोभित्र रहेको कार्बनडाइअक्साइडलगायत अन्य फोहोर बाहिर निस्किन्छन्।
फोक्सोको बाहिरी किनारमा हावा र फोहोर आवागमन हेतु वायुकोष्ठिका 'एल्वियोली' (alveoli) हुन्छन्। हाम्रो शरीरमा हर हमेशा परिभ्रमण गरी रहेको रगतबाट कार्बनडाइअक्साइड अवशोषित गरी बाहिर निकाल्ने काम यिनै 'एल्वियोली' बाट हुन्छ । फोक्सोभित्र जम्मा भएको कार्बनडाइअक्साइड र अन्य फोहोर यिनै 'एल्वियोली' मार्फ़त बाहिरिन्छ। यहाँ खकारको पनि धेरै ठूलो भूमिका हुन्छ।
यहाँनिर स्मरण गर्ने महत्वपूर्ण कुरा के हो भने हाम्रो शरीरमा हर हमेशा परिभ्रमण गरी रहेको रगतबाट कार्बनडाइअक्साइड अवशोषित गरी बाहिर निकाल्ने काम यिनै 'एल्वियोली' बाट हुन्छ । फोक्सोभित्र जम्मा भएको कार्बनडाई अक्साइड र अन्य फोहोर यिनै 'एल्वियोली' मार्फ़त बाहिरिन्छ। यहाँ खकारको पनि धेरै ठूलो भूमिका हुन्छ।
कोमल दाइ, कोरोना भाइरस फोक्सोभित्र प्रवेश गर्दैन। फोक्सोभित्र प्रवेश गर्ने भए त त्यहाँ रहेका अन्य फोहोर जस्तै यसको पनि समाधान हुने थियो।
कोरोना भाइरस फोक्सो बाहिरपट्टि टाँस्सिन्छ। त्यहीँ रहेर यसले आफ्नो प्रतिलिपि ( replication ) बनाउँछ। सोझो भाषामा यसले 'एल्वियोली' लाई थुन्छ। जसले गर्दा फोक्सोभित्र प्रवेश गर्ने जीवनदायी हावाको मात्रा ( अक्सिजन ) कम हुन्छ।
'एल्वियोली' थुनिएर प्रवेश गर्ने हावाको मात्रा मात्रै कम हुँदैन, 'एल्वियोली'का माध्यमबाट फोक्सो भित्रबाट बाहिरिने कार्बनडाइअक्साइड र फोहोरको निष्काशनमा पनि बन्देज लाग्दै जान्छ। यसमा अझ दोहोरो मार शरीरमा बनेको 'एन्टीबडी' ( बी सेल, टी सेल आदि ) ले पनि थपिदिन्छ। त्यो के भने शरीरको 'इम्यून सिस्टम' ले बनाएका यी विभिन्न प्रतिरोधी कोशिका शरीरभित्र प्रवेश गरेका बाह्य आक्रमणकारी कोरोना भाइरस माथि जाइलाग्छन्। दुबै बीच घनघोर युद्ध हुन्छ। दुबैतिरका कोटीकोटी सैनिक वीरगतिलाई प्राप्त हुन्छन्। जीत त हेर्नुस शरीरले बनाएका प्रतिरोधी कोशिकाकै हुन्छ। किन हो किन, अचेल मृत्यु भन्ने शब्द प्रयोग गर्न मन लाग्दैन ( यो शब्द नै बाहियात र मिथ्या हो, प्रकृतिमा मृत्यु जस्तो कही पनि हुँदैन 'फर्मेसन' र 'डिफर्मेसन' मात्रै हुन्छ प्रकृतिमा ! )
'लंग्स इन्फ़ेक्सन' ( फोक्सोमा भएको संक्रमण ) को अनेकन प्रारूप र व्याख्या होलान् 'मेडिकल साइन्स'संग तर यहाँ चर्चा कोरोना भाइरसबाट होने दुष्प्रभावबारे हो। पहिलो त भाइरस फोक्सोको बाहिरी भित्तामा टाँस्सिएकोले प्रचुर र आवश्यक मात्रामा अक्सिजन आपूर्तिमा बाधा उत्पन्न हुन्छ र दोश्रो फोक्सोभित्रबाट जम्मा भएको फोहोर निष्काशन अवरुद्ध भएर यस जम्मा भएको फोहोरले फोक्सोभित्र अनेकन विकार उत्पन्न गर्न थाल्छ।
शरीरको 'इम्यून सिस्टम'ले 'फर्मेसन'मा ल्याएका कोशिकाकै जीत हुन्छ। तर युद्धका दौरान दुबैतिरका सैनिकको 'डिफर्मेसन' हुन्छ। यसरी 'डिफर्मेसन' हुँदा 'फर्मेसन'मा प्रयुक्त भएको पदार्थ ( अब प्रोटीन नै भनौं ) फोक्सोको बाहिरी किनारमा टाँसिएर 'एल्वियोली'लाई झनै थुन्छेक गर्छन् ।
'लंग्स इन्फ़ेक्सन' ( फोक्सोमा भएको संक्रमण ) को अनेकन प्रारूप र व्याख्या होलान् 'मेडिकल साइन्स'संग तर यहाँ चर्चा कोरोना भाइरसबाट होने दुष्प्रभावबारे हो। पहिलो त भाइरस फोक्सोको बाहिरी भित्तामा टाँस्सिएकोले प्रचुर र आवश्यक मात्रामा अक्सिजन आपूर्तिमा बाधा उत्पन्न हुन्छ र दोश्रो फोक्सोभित्रबाट जम्मा भएको फोहोर निष्काशन अवरुद्ध भएर यस जम्मा भएको फोहोरले फोक्सोभित्र अनेकन विकार उत्पन्न गर्न थाल्छ।
मेरो मामाको केसमा उहाँलाई दिइएको 'मेडिकेशन' र 'प्लाजमा थेरापी'ले उहाँको 'इम्यून सिस्टम बूस्ट' भई कोरोना मुक्त त भयो तर भाइरसले संक्रमित भएको फोक्सो स्याहार हुन पाएन। यस कारणले उहाँको शरीरभित्र अक्सिजन 'इनटेक' (ग्रहण गर्ने क्षमता) कम हुँदै गयो ,फोक्सोभित्र फोहोर थुप्रिएर फोक्सो भित्रैबाट क्षतिग्रस्त हुँदै गयो। फोक्सोमा अक्सिजनको कमीले शरीरभित्रका सबै अंग प्रत्यंग - कोशिका कोशिकालाई चाहिने अक्सिजन आपूर्ति पनि कम हुँदै गयो। रगत पनि शुद्धिकरण हुन बाधित हुँदै क्रमशः दूषित रगत नै शरीरमा प्रवाहित हुन थाल्यो । अंग प्रत्यंगलाई चाहिने अक्सिजन आपूर्ति कम हुँदै जानु र शरीरमा क्रमशः दूषित रगत नै संचरण हुन थालेको हुनाले क्रमशः अन्य अंग पनि विकार ग्रस्त भई शिथिल हुँदै गए। अन्त्यतिर उहाँको किडनी नै क्षतिग्रस्त भएको डाक्टरहरुले भनेका थिए।
'भेन्टीलेटर'मा राखेको चौथो दिन बेलुकी ( झण्डै ९६ घण्टा पछि ) 'निगरानी' पछि डाक्टरले रोगीको अवस्था झन झन बिग्रिँदै गइरहेको र उहाँका अन्य अंगले पनि काम गर्न छाड्दै गइरहेको जानकारी दिए। आइतवार बिहान हामी सबै अस्पतालमा भेला भयौं। डाक्टरको भनाइ थियो हामी आफ्नो 'इथिक' ले कही पनि गर्न सक्दैनौं। यो डाक्टरले हामीलाई दिएको अमूर्त संकेत थियो। अंततः सोमवार बिहान सात बजे उहाँले हो कि 'भेन्टीलेटर'ले अन्तिम सांस फेरयो।
माइज्यूले हिन्दू परम्पराको मृत्यु संस्कारलाई परमार्जित गर्नु भएको छ। उहाँले मृत्यु संस्कारका सबै गतिविधि ५ दिनमै पूर्ण गर्नु भयो। खैर यो त विगतका केही वर्षदेखि प्रचलनमा आएको कुरा हो तर माइज्यूले एउटा 'लीप जम्प' लिदै घरमै बसेर सारा कर्मकाण्ड सम्पादित गर्नु /गराउनु भयो। सेतो लुगा लाउनु भएन, भाइ सुरम्यले पनि परम्परागत किसिमको कुनै कर्मकाण्ड पालना गरेन।
चर्चा नीरजको काव्य पंक्तिबाट गरेको थिए। अन्तिमका पंक्ति उल्लेख गरे पनि मैले त्यस मुक्तकका पहिलो पंक्ति लेख्ने मौका पाएको छैन। हुन त पहिलो पंक्तिलाई मेरो माइज्यूले नीरजकै भावना र चाहना अनुसार 'डिलीट' गरी दिनु भएको छ।
माइज्यूले हिन्दू परम्पराको मृत्यु संस्कारलाई परमार्जित गर्नु भएको छ। उहाँले मृत्यु संस्कारका सबै गतिविधि ५ दिनमै पूर्ण गर्नु भयो। खैर यो त विगतका केही वर्षदेखि प्रचलनमा आएको कुरा हो तर माइज्यूले एउटा 'लीप जम्प' लिदै घरमै बसेर सारा कर्मकाण्ड सम्पादित गर्नु /गराउनु भयो। सेतो लुगा लाउनु भएन, भाइ सुरम्यले पनि परम्परागत किसिमको कुनै कर्मकाण्ड पालना गरेन।
वास्तवमा यस सबको भूमिका एक दिन पहिला नै (आइतवार नै ) सीता माइज्यू, कृष्ण पोखरेल मामा (शम्भू मामाका ठुलदाइ) र मेरो आपसी विचार विमर्शबाट बनेको थियो। सोमबार म अस्पताल पुग्दा 'भेन्टीलेटर' निस्तेज भइसकेको थियो। सीता माइज्यूले मेरो हात समाएर भन्नुभयो – ‘बाबु मामा ख्वै ?’
‘अब मामा तपाईंको स्मृतिमा हुनुहुन्छ , तपाईले शोक गर्नु आवश्यक छैन।’
'कारवां गुजर गया गुबार देखते रहे' प्रिय कवि नीरज सीता पोखरेलले 'कारवांका सहधर्मी' लाई खरानी हुँदै गरेको हेर्दै विदाई दिनु भयो र तपाईंको चाहनाअनुसार श्रृंगारलाई विदाई दिनु भएन।
कफ़न बढ़ा तो किसलिए नजर क्यों डबडबा गई ,
श्रृंगार क्यों सहम गया बहार क्यों लजा गई।
न जन्म कुछ न मृत्यु कुछ बस इतनी सी बात है ,
किसी की आँख खुल गई किसी को नींद आ गई।