स्वास्थ्यमन्त्री ढकाललाई पर्यटनको जिम्मेवारी, क–कसको जिम्मेवारी फेरियो ?
प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् भने यसअघि मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ ।
स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुगेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृदयेश त्रिपाठीलाई लिएको छ । लिलानाथ श्रेष्ठले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पद्मा अर्यालले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । शिवमाया तुम्बाहाङ्फे कानुनबाट भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेकी छन् ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।
नवनियुक्त मन्त्रीहरुमा प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् । जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई