प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेर : नौ जनाले जिम्मेवारी पाउँदा दुईको खोसियो

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।
प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुगेका छन् ।
कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पद्मा अर्यालले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । शिवमाया तुम्वाहांफे कानुनबाट भुमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
-
ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने-ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’
-
आज काठमाडौंका कुन्–कुन् स्थानमा काटिंदैछ बिजुली ?
-
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे