बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ष २०२०ः काजलदेखि नेहासम्म यी सेलिब्रेटीले गरे विवाह

शुक्रबार, १० पुस २०७७, १९ : २१
शुक्रबार, १० पुस २०७७

मुम्बई । वर्ष २०२० बलिउडका लागि कयौं कारणले सम्झिनु पर्ने हुन्छ । यो वर्ष कयौं बलिउड सेलिब्रेटीले बिदा लिएका छन् । यसै वर्ष कयौं सेलिब्रेटीको घरबार समेत भएको छ । आज अर्थात २५ डिसेम्बरमा बिग बोस फेम गौहर खानले प्रेमीसँग विवाह गरेर २०२० मा विवाह गर्ने सेलिब्रेटीको सूचीमा आफुलाई पनि उभ्याएकी छन् । यो वर्ष विवाह गर्ने बलिउड सेलिब्रेटी, जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

काजल अग्रवाल र गौतम किचलु 


अभिनेत्री काजल अग्रवालले गौतम किचलुसँग ३० अक्टुबरमा विवाह गरेकी थिइन् । धुमधामसँग उनीहरुको विवाह भएको थियो ।

नेहा कक्कड र रोहनप्रित सिंह :


यो वर्ष निकै चर्चामा रहेको विवाहमध्ये  नेहा कक्कड विवाह पनि हो । नेहा र रोहनप्रितको २४ अक्टुबरमा विवाह भएको थियो । यो जोडीको विवाह तस्बिर इन्टरनेटमा भाइरल भएको थियो ।

आदित्यनारायण र श्वेता अग्रवाल :


गायक आदित्यनारायण र अभिनेत्री श्वेता अग्रवालको विवाह यसै वर्ष धुमधामसँग भएको थियो । प्रेमीप्रेमिका समेत रहेका आदित्य र श्वेता विगत १० बर्षदेखि एकअर्काेको प्रेममा रहेका थिए ।

गौहर खान र जैद दरबार :


बिग बोस फेम गौहर खानले २५ डिसेम्बर अर्थात आज जैद दरबारसँग निकाह गरेकी हुन् ।

राणा दग्गुबाती र मिहिका बजाज :

बाहुबलीका भल्लादेव राणा दग्गुबातीले यसै वर्ष मिहिकासँग विवाह गरेका थिए । कोरोनाको कारण लगाइएको लकडाउनमा उनको विवाह भएको थियो ।

काम्या पंजाबी र शलभ दांग :


अभिनेत्री काम्या पंजाबीले १० फेब्रुअरी २०२०मा प्रेमी शलभ दांगसँग विवाह गरेकी थिइन् । 

निति टेलर र परिक्षित बाबा :

टिभी अभिनेत्री निति टेलरले यसै वर्ष परीक्षित बाबासँग विवाह गरेका हुन् ।

पूजा बनर्जी र कूणाल वर्मा :

पूजा बनर्जी र कुणाल बर्माले यसै वर्ष कोट म्यारिज गरेका हुन् । यर्स वर्ष उनीहरुको घरमा बच्चाको समेत आगमन भएको छ ।

नताशा स्टेन्कोविक र हार्दिक पांड्या :

अभिनेत्री नताशा र हार्दिक पांड्या हमेशा फ्यानको फेवरेट कपल हुन् । यो जोडीले यसै वर्ष गुपचुप विवाह गरेका थिए ।

 सना खान र अनस सैथ्यद :

बलिउडबाट टाढा रहेकी अभिनेत्री सना खानले २० नोभेम्बरमा अनस सैथ्यदसँग विवाह गरेकी थिइन् ।

पुनम पाण्डे र सैम बाम्बे :

पुनम पाण्डेले सैम बाम्बेसँग यसै वर्ष विवाह गरेकी हुन् । बिवाहपछि दुबैका बीच बिवाद समेत भएको थियो । तर अहिले दुबै एक भएका छन् ।

मनीष रायसिंघन र संगीता चौहान :

अभिनेता मनीष रायसिंधनले २० जुन प्रेमिका अभिनेत्री संगिता चौहानसँग विवाह गरेका थिए । दुबैको परिवारको उपस्थितिमा मुम्बईमा विवाह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप