त्रिविले यसपटक हिउँदे बिदा नदिने

person explore access_timeपुस १०, २०७७ chat_bubble_outline0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड १९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा.पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए । त्रिविले हिउँदे बिदा सधैँ नै यही पुस १५ देखि २३ दिन र वर्षे बिदा जेठ १५ देखि २२ दिन दिँदै आएको थियो । 


कोभिड–१९ को कारणले गत २०७६ चैत ६ गतेदेखि कुनै परीक्षा र पठाइ सञ्चालन भएको छैन । त्रिविले स्थानीय तहको स्वीकृतिमा भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । रजिष्ट्रार डा.दाहालका अनुसार अहिले धेरै क्याम्पसले स्थानीय तहको स्वीकृत र स्वास्थ्यको मापदण्ड पूरा गरे भौतिकरुपमा उपस्थित भएर कक्षा सञ्चालन गरिरहेका छन् । 



त्रिविले कोभिड–१९ का कारणले अनलाइन कक्षा सञ्चालन गरेको थियो । उहाँले त्रिवि केन्द्रीय क्याम्पसमा पढाई सञ्चालन गर्न किर्तिपुर नगरपालिकाबाट अनुमति मागिएको बताए । यस्तै उपत्यकाका क्याम्पस सञ्चालन गर्न पनि सरकारसँग अनुमति मागिएको छ । “उपत्यकाका कक्षा सञ्चालन गर्न सरकारसँग हामीले अनुमति मागेका छौँ”, उनले भने, “सरकारले पनि सबै ठाउँ खुला गरेको सन्र्दभमा क्याम्पस पनि सञ्चालन गर्न पक्कै दिने छ । हामीले स्वीकृति पाउनासाथ कक्षा सञ्चालन गर्ने तयारीमा छौँ ।”



यस्तै गत चैत ६ गतेदेखि रोकिएका त्रिविका परीक्षा पनि सञ्चालन भएका छन् । मङ्सिर दोस्रो सातादेखि त्रिविका रोकिएका परीक्षा सञ्चालन भएका हुन् ।त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन हालको परीक्षा समयमै सम्पन्न गर्न एवम् अर्को वर्ष सेमेष्टरको बाँकी पढाइ पनि सम्पन्न गर्ने तयारी गरेको छ । उनले चैत्रभित्र सबै परीक्षा सञ्चालन गर्ने बताए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।