सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज हुँदै

शुक्रबार, १० पुस २०७७, १७ : ४३
शुक्रबार, १० पुस २०७७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तीम समझौता पत्रमा हस्ताक्षर भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।   

२०७७ श्रावण ३२ गते दुई संस्था बीच गाभ्ने÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भई पौष १० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौता भएको हो । उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीयका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्तको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ । 

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पुँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । 

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?