शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकका कर्मचारीको जिम्मेवारी थपियो, डिजिटल भुक्तानीमा सक्रिय हुनुपर्ने

शुक्रबार, १० पुस २०७७, १६ : ४४
शुक्रबार, १० पुस २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले अब कार्यालय समय बाहिर समेत सक्रिय हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको प्रवद्र्धनका लागि कार्यालय समयबाहिर सक्रिय हुन कर्मचारीहरुलाई परिपत्र गरेको हो । नेपाल राष्ट्र बैंकले केही दिनअघि बैंमा कार्यरत सबै कर्मचारीहरुलाई आन्तरिक परिपत्र गर्दै यस्तो आग्रह गरेको हो । 

परिपत्र अनुसार आफ्नो आवास तथा कार्यालय वरपरका तरकारी तथा फलफूल बेचबिखन केन्द्रमा क्युआर कोडमा आधारित विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्न पहल गर्न भनेको छ । भुक्तानी प्रणाली विभागल उक्त परिपत्र जारी गर्दै यसको अद्यावधिक जानकारी विभागलाई दिन समेत अनुरोध गरेको छ । यद्यपि यो सक्रियतालाई राष्ट्र बैंकले स्वेच्छिक समन्वयात्मक पहल भनेको छ । 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘यस बैंकका विभिन्न विभाग/कार्यालय/महाशाखा/इकाईहरुमा कार्यरत कर्मचारीहरुले आ–आफ्नो केन्द्रहरुमा क्युआर कोड मा आधारित विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने/गराउने तर्फबो व्यहहारिक समन्वयात्मक स्वेच्छिक पहल गर्नु भई सो को परिणामसहितको अद्यावधिक जानकारी यस विभागलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ।’

हाल राष्ट्र बैंकमा ८ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । सो बैंकको काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी र सुर्खेतमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा छन् ।

पछिल्लो समय राष्ट्र बैंकले डिजिटल भुक्तानीमा आक्रामक रुपमा पहलकदमी लिएको छ । शुक्रबार मात्रै सानिमा बैंकको पहलमा नक्सालस्थित तरकारी बजारलाई क्युआर कोडमार्फत् भुक्तानीमार्फत् डिजिटल भुक्तानीको सुरुवात गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप