शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा चर्कियो सरकारविरोधी आन्दोलन, नवाजकी  छोरीले उठाइन् इमरानमाथि प्रश्न

शुक्रबार, १० पुस २०७७, १६ : २०
शुक्रबार, १० पुस २०७७

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । ‘यदि चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न् भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुुभमेन्टको सभाका क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रश्न राखेकी हुन् ।

मरियम पाकिस्तान मुस्लिम लिग–नवाज –पिएमएल–एन) की नेतृ हुन् । ‘चुनावभन्दा पहिले इमरानले भन्थें कि उनीसँग २ सयजना विद्धानको टिम छ । त्यो टिम अहिले कहाँ छ ? उनका मन्त्री आ–आफ्नो धुन बजाउँछन्, तर उनको २ सय जनाको टोली पाकिस्तानमा कहीँ कतै देखिएको छैन ।’

इमरानले दिएको एक बयानबारे प्रश्न गर्दै मरियमले भनेकी छिन्, ‘उनी देशको समस्या र विदेशी ऋणबारे जानकारी छैन भन्छन् । उनी यो पनि जान्दैंनन् कि सरकार कसरी चलाइन्छ र यसका लागि तयार पनि थिएनन् ।’
मरियमले एक दिनअघि पनि इमरानमाथि निशाना साँधेकी थिइन् । उनले भनेकी थिइन्, ‘पर्याप्त गृहकार्य नगरी कोही पनि सत्तामा आउनुु हुँदैन ।’ इमरान खानले पाकिस्तानको सत्ता सम्हालेको झन्डै २ वर्ष ६ महिना भएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप