आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

इजलासमा झोक्किए चोलेन्द्र, एक वकिललाई बहसबाट हटाइदिए

शुक्रबार, १० पुस २०७७, १३ : ३४
शुक्रबार, १० पुस २०७७

संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस जारी छ।  बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् । 
बहसका क्रममा उनले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस्' भनेका थिए ।  त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । राणाले भने, ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ ? बहस सुन्दिनँ ।’
त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् । उनले राष्ट्रपतिले सरकारको सिफारिस इन्कार नगरी हतारमा संसद विघटनको निर्णय लिएको आरोप लगाइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप