माइतीघर टु कान्तिपथ : तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको आन्दोलन
काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् ।
त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् । माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।
कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् । कान्तिपथमा पुगेर नेकपाको जुलुससभामा परिणत भएको थियो ।
निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले आफुलाई आधिकारिकताका लागि दबाब दिन आन्दोनल गर्नुपरेको बताए । नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका केही नेताहरु आयोग कार्यालय गएका थिए ।
प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ । सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो ।
आन्दोलनमा सहभागी कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक ‘कु’ खारेज गर ! बयलगाडा चढेर अमेरिका जा ! गणतन्त्रविरोधी मुर्दावाद,प्रतिगमनकारी मुर्दावाद,’ भन्ने नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो