शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघर टु कान्तिपथ : तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको आन्दोलन

शुक्रबार, १० पुस २०७७, १३ : ३०
शुक्रबार, १० पुस २०७७

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् ।

त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् । माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् । कान्तिपथमा पुगेर नेकपाको जुलुससभामा परिणत भएको थियो ।

निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले आफुलाई आधिकारिकताका लागि दबाब दिन आन्दोनल गर्नुपरेको बताए । नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका केही नेताहरु आयोग कार्यालय गएका थिए ।

प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ । सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो ।

आन्दोलनमा सहभागी कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक ‘कु’ खारेज गर ! बयलगाडा चढेर अमेरिका जा ! गणतन्त्रविरोधी मुर्दावाद,प्रतिगमनकारी मुर्दावाद,’ भन्ने नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप