शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

९ महिनापछि  खुल्यो फिल्म हल

शुक्रबार, १० पुस २०७७, १३ : २८
शुक्रबार, १० पुस २०७७

काठमाडौं । करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल आज शुक्रबारबाट सञ्चालनमा आएका छन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत मात्र दर्शक राख्ने गरेर हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ ।

शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवै हलहरु खोलिएको छ । आजबाट देशभरका हल सञ्चालनमा आएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘जसको हलमा आन्तरिक समस्या छ । ती केही हल नखुलेका होलान्’ शर्माले भने ‘अन्य सबै हल आजबाट खुलेका छन् ।’

हल सञ्चालनमा आएपनि रिलिज भने नयाँ फिल्म भएको छैन । कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ ले पुनः प्रदर्शनको अवसर पाएका छन् ।  यी दुई फिल्मका अलवा हलिउड फिल्म ‘ब्लडसट’ र ‘दि इनभिजिबल म्यान’ समेत प्रदर्शनमा आएका छन् ।

सरकारले हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने सुरमा चलचित्र संघ रहेको बताउने शर्मा हललाई डिसइन्फेक्सन गर्ने, सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा अनिबार्य गरिएको बताउँछन् ।  हल खुलेपनि दर्शक भने त्यति देखिएका छैनन् । बिस्तारै दर्शक पनि बढ्ने अनुमान शर्माको रहेको छ । दर्शकको चाप बढेपछि नयाँ फिल्म रिलिज हुने शर्माले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप