आयोग पुगेर प्रचण्ड-नेपाल पक्षले बुझायो ३१५ जनाको हस्ताक्षर
शुक्रबार, १० पुस २०७७, १२ : ५०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समूहको रहेको दावी गरेको हो ।
आयोगका पदाधिकारीसँगको छलफलमा अध्यक्ष प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा