माइतीघरमा नाराः नेकपा जिन्दावाद, असंवैधानिक ‘कू’ खारेज गर !
शुक्रबार, १० पुस २०७७, १० : ४४
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु माइतीघरमा भेला भएर आन्दोलनको सुरुवात गरेका हुन् ।
संसद विघटनविरुद्ध संघर्षमा उत्रिएका नेता कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक कू खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संसद बैठक सुरु गर, प्रतिगमनकारी होसियार’ लगायतका नारा लगाएका थिए । त्यसक्रममा अध्यक्षद्वय प्रचण्ड र नेपाल सडकमै पलेटी कसेर बसेर आन्दोलनको नेतृत्व गरेका छन् । माइतीघरमा प्रदर्शनपछि सो समुह सर्वोच्च अदालत जाने तयारीमा छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद