बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तातो पानीसँग मिसाएर यी खानेकुरा खाँदा हुनेछ अनगिन्ती फाइदा

शुक्रबार, १० पुस २०७७, ०९ : ५४
शुक्रबार, १० पुस २०७७

तातो पानीको सेवनले शरीरको विभिन्न समस्या टाढा रहन्छ । तातो पानी पिउँदा शरीर डिटक्सीफाई हुन्छ जसका कारण थुप्रै गम्भीर रोगको खतराबाट बच्न सकिन्छ । तातो पानीले पेटको समस्या टाढा राख्न सहयोगी भूमिका निर्वाह गर्छ, यस्तै तौल कम गर्न पनि यो सहायक हुन्छ । तर यदि तातो पानीमा केही घरेलु कुराको प्रयोग गरिए यो थप फाइदाजनक र स्वस्थवर्धक रहन्छ । आउनुहोस्, तातो पानीमा कस्ता खानेकुरा मिसाएर खाँदा फाइदाजनक हुन्छ भन्नेबारे जानकारी लिऔं । 

तातो पानीसँग बेसारः

बेसारमा करक्यूमिन तत्व हुन्छ जसले शरीरको क्यान्सरको खतराबाट जोगाउँछ । बेसारको सेवनले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ । तातो पानीमा बेसार राखेर दैनिक पिउादा शरीरको पाचन क्रियामा पनि सुधार हुन्छ । यसबाहेक कफको समस्या पनि टाढा रहन्छ । बेसारले शरीरमा हुने आन्तरिक चोटलाई पनि ठिक गर्छ । यसले रगतलाई सफा गर्न मद्दत गर्छ जसले शरीर स्वस्थ हुने गर्छ । 

तातो पानीसँग लसुनः

लसुनले खानाको स्वाद बढाउने काम गर्छ, यस्तै यो शरीरका लागि फाइदाजनक पनि हुन्छ । यसमा यस्ता थुप्रै पोषक तत्व हुन्छन् जसले विभिन्न कारणले रोगसँग लड्न सहयोगी भूमिका खेल्ने गर्छ । लसुनको सेवन मुटुको लागि पनि फाइदाजनक हुन्छ । उच्च कोलेस्ट्रोलका बिरामीले तातो पानीसँग दैनिक लसुनको सेवन गर्नुपर्छ किनभने यसले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । कब्जियतको समस्या हुँदा तातो पानीसँग काँचो लसुनको दाना खाँदा पाचनमा सुधार हुन्छ । लसुन विभिन्न एन्टि अक्सिडेन्ट तत्वले भरिपूर्ण हुन्छ । यसको दैनिक प्रयोगले क्यान्सरजस्तो रोगबाट बचाउन सक्छ । मुटु सम्बन्धि रोग लागेकाहरुले दैनिक एउटा दाना काँचो लसुनलाई तातो पानीसँग खाली पेटमा खानुपर्छ । यसले उनीहरुको मुटु सम्बन्धि समस्या टाढा राख्छ । यसका साथै यो उच्च रक्तचापका बिरामीका लागि पनि असरदार छ । 

तातो पानीसँग कागती र मह:

तातो पानीसँग कागती र महको सेवनले तौल कम हुन्छ । महमा थुप्रै एन्टिब्याक्टेरियल गुण हुन्छ जसले शरीरलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । कागतीमा भिटामिन सी भरिपूर्ण हुन्छ जसले शरीरको प्रतिरोधी क्षमता बलियो बनाउँछ । तातो पानीमा कागती र मह नियमित रुपमा मिसाएर खाँदा विभिन्न प्रकारको मौसमी रोगबाट बच्न सहयोग गर्छ । यो पेट सम्बन्धि समस्यामा पनि निकै फाइदाजनक हुन्छ । यसले पेटमा ग्यासको समस्या र कब्जियतलाई पनि ठिक गर्छ । खाली पेटमा यसको नियमित सेवनले थप फाइदा मिल्छ । 

सख्खरसँग तातो पानीको फाइदाः

सख्खरमा भरपुर मात्रामा पोषण हुन्छ । बिहान उठ्ने बित्तिकै सख्खर खाएर तातो पानी पिउने हो भने यसले शरीरको पाचन तन्त्र बलियो हुनुका साथै शरीरको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्छ । 

यो लेखमा दिइएको जानकारी केही विशेष स्वास्थ्य स्थिती र त्यसको सम्भावित उपचारको सम्बन्धमा शैक्षणिक उद्देश्यका लागि हो । यो कुनै योग्य र लाइसेन्स प्राप्त चिकित्सकद्वारा दिइने स्वास्थ्य सेवा, परीक्षण, निदान र उपचारको विकल्प होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप