संसद विघटनप्रति भारतको प्रतिक्रियाः ‘राजनीतिक घटनाक्रमलाई नोट गरिरहेका छौं’
काठमाडौं । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई भारतले नोट गरिरहेको प्रतिक्रिया दिएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो प्रतिक्रिया दिएका हुन् । ‘नेपालमा प्रतिनिधि सभाको विघटन र उत्पन्न राजनीतिक अन्यौलताका सवालमा भारतको अवस्था’बारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले पत्रकार सम्मेलनमा भने, ‘नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नोट गरिरहेका छौं । यो नेपालको आन्तारिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ ।’
प्रवक्ता श्रीवास्तवले भारतको निकट छिमेकी भएको नाताले नेपाललाई निरन्तर सहयोग रहने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘ निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने छ ।’
नेपालमा विकसित राजनीतिक घटनाक्रममा भारतले आफ्नो अडान प्रष्टसँग राखेको यो पहिलो पटक हो । नेपालमा विकसित घटनाक्रमका बारेमा तत्काल प्रतिक्रिया दिने भारतले यो पटक भने केही दिन ढिलो प्रतिक्रिया दिएको छ । जानकारहरुका अनुसार नेपाल विकसित घटनाक्रमका सवालमा भारत यो पटक निकै सचेत भएर प्रस्तुत भैरहेको छ ।
स्मरण रहोस्, नेपालमा यो राजनीतिक उथलपुथल हुनभन्दा अघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकोभ्रमण गर्ने कार्यक्रम रहेको थियो । तर पछिल्लो विकसित घटनाक्रमपश्चात उनको हुने भनिएको भारत भ्रमण रद्द भएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएको छ भने ओलीको कदमको चौतर्फी आलोचना समेत भैरहेको छ ।
संसद विघटनको घोषणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुने गरी मध्यावधी निर्वाचनको मिति तोकिसकेकी छिन् । संसद विघटनलगत्तै भारतीय मिडिया र केही कुटनीतिज्ञहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै आलोचना गरेका थिए । तर बिहीबार संस्थापन पक्षबाट सन्तुलित प्रतिक्रिया आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी
-
स्पेनलाई ‘अन्तिम’ टुर्नामेन्ट जिताएर यात्राको विट मार्न चाहान्छन् नाडाल
-
प्रचण्डको चाइना कार्ड अभिव्यक्तिबारे बाबुरामको टिप्पणी : यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद !
-
प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम छर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : महासचिव पोखरेल
-
पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क
-
१० बजे, १० समाचार