इथियोपियामा हालै भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु: अधिकारवादी समूह
एजेन्सी । इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका छन् । बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले सिन्ह्वासँग बताएको छ ।
मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानवअधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ । आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ ।
मानव अधिकारवादी समूहहरूले गरेको छानवीनमा आक्रमण भएका स्थानहरूमा सुरक्षा दिन सुरक्षाकर्मी पुग्न नसकेको तर आयोगले स्थानीयको सूचना र सोधपुछका आधारमा घटनाको लेखाजोखा राखिरहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने
-
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग