बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धरहराको २० औं तलाबाट यस्तो देखियो काठमाडौं शहर (फोटोफिचर)

बिहीबार, ०९ पुस २०७७, १८ : २९
बिहीबार, ०९ पुस २०७७

काठमाडौं  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तला निर्माण सम्पन्न गरेको छ । २० औं तलामा यतिबेला काठमाडौं उपत्यका अवलोकन गर्ने बार्दलीको निर्माण भइरहेको छ ।  आगामी असार मसान्तसम्म धरहराको निर्माण सकिने र अर्को वर्ष भदौंसम्म सर्वसाधारणका लागि खुला गरिने प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘यो आर्थिक वर्षभित्रमा धरहरा निर्माणको काम सक्छौँ । अहिले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको छ । सो बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ ।’

धरहरा जमिनमुनीदेखि २५ तला र जमिनको सतहदेखि २३ तला हुनेछ ।  धरहरास्थित सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था गर्न लागिएको छ भने धरहरा आसपासमा पानीको फोहोरा सहितको आकर्षक बगैंचा बनाउने तयारी छ ।   २०७२ सालको बिनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहरा निर्माणको काम २ वर्ष अघि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप