शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कक्षा ११ मा नयाँ र पुरानो पाठ्यक्रमबारे देखिएको अन्योल हटाउन क्रान्तिकारी विद्यार्थी संघको माग

बिहीबार, ०९ पुस २०७७, १२ : ४४
बिहीबार, ०९ पुस २०७७

काठमाडौं । नेपाल क्रान्तिकारी विद्यार्थी संघले कक्षा ११ मा नयाँ र पुरानो पाठ्यक्रमको अलमलका कारण शिक्षक, विद्यार्थीलगायत सम्बन्धित पक्षहरु अन्यौलमा परेको भन्दै यस परिस्थितिलाई नलम्ब्याई एउटा निश्चित निर्णय गर्न सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष सविन ख्याजूले विज्ञप्ति जार्दै गर्दै देशभर कक्षा ११ मा अध्ययनरत लाखौं विद्यार्थी अन्यौलमा रहेको जनाएका हुन् । नेपाल सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम २०७७ भदौ १ गतेदेखि लागू गर्न निर्देशन गरेको अवस्थामा नयाँ पाठ्यक्रम लागू नगराउन मागसहित असोज २८ गते सर्वाेच्च अदालतमा मुद्दा दायर भएको र सरकारले नयाँ पाठ्यक्रमअनुसार पढाउन कार्तिक ३ गते पुनः निर्देशन दिएको अवस्थाले अन्योल बढाएको उनको भनाइ छ । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘सर्वोच्च अदालतले कार्तिक २० गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश जारी गर्दै कार्तिक २६, मंसिर ४ र २४, पुष ६ गतेको लागि पेशी तोकेको प्रति अन्तिम निर्णय भएको छैन, देशभर कतै नयाँ पाठ्यक्रम त कतै पुरानो पाठ्यक्रम लागू भइरहेको अलमलको स्थिति छ ।’

सरकारले देशभर भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न निर्देशन जारी गरे पनि आवश्यक पूर्वाधारको कमीका कारण सबैतिर स्वास्थ्य सतर्कता नअपनाइएको भन्दै संघले सरकारलाई सबै शैक्षिक संस्थाहरुमा आवश्यक अनुगमन गर्न माग गरेको छ ।

‘समाजवाद उन्मुख संविधानअन्तर्गतको यो सरकारले स्वास्थ्य निःशुल्क गर्न नसक्नु बदमासी हो । कोभिड–१९ रोग पहिचान र उपचारमा सरकारले निःशुल्क नगर्ने निर्णयले यो सरकार पूँजीवादी सरकार भएको थप प्रष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुलाई कोभिड–१९ रोगको उपचार निःशुल्क गर्न नेक्राविसंघ माग गर्दछ ।’ नेक्राविसंघले मावि तहको शिक्षा निःशुल्क र अनिवार्य साथै उच्च शिक्षा निःशुल्क र स्वास्थ्य पूर्ण निःशुल्क गर्न पनि सरकारसँग माथ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप