मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको धोबीघाटमा डिउटीमा खटिएका प्रहरी कुटिए

बिहीबार, ०९ पुस २०७७, १२ : ३४
बिहीबार, ०९ पुस २०७७

ललितपुरको धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारी कुटिएका छन् ।  कुटपिटको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् ।

 बा८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई बुझाई गर्नेक्रममा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप