विद्युत प्राधिकरणमा ज्यालादारी कर्मचारीलाई दिँदै आएको सुविधालाई निरन्तरता दिन निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको छ ।कोभिड १९ को सक्रमण पछि ज्यालादारी कर्मचारीले पाउने सेवा सुविधा नपाएको भन्ने गुनासो बढ्न थालेपछि प्राधिकरणले अतिरिक्त सेवा सुविधा निरन्तर गर्न परिपत्र गरेको छ ।
२०७५ भदौ १७ गतेको निर्णयअनुसार प्रत्येक दिनको नियमअनुसार तोकिए बमोजिम ज्याला दिने, कामको प्रकृति अनुसार सिफ्टमा लगाइएको सिफ्ट भत्ता, ओभरटाइम काम गर्नेलाई आभरटाइम भत्ता, कामको शिलशिलामा अन्य कार्यालयमा पठाउँनुपर्ने भए भ्रमण खर्च, प्राधिकरणको कामको शिलशिलामा दुर्घटनामा परेर घाइते भएको भए सम्पूर्ण उपचार खर्च र निर्माणाधीन आयोजनाको सेयर खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
कुलमान घिसिङ कार्यकारी निर्देशक भएको बेला यो सुविधा लागू गरिएको थियो । तर, पछिल्लो समय सो सुविधाबाट बञ्चित भएको गुनासो आउन थालेपछि प्राधिकरणले सोही अनुसारको सेवा सुविधा दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध
-
सत्ता पक्ष नेता भन्छन्– राजनीतिक दल विभाजनसम्बन्धी विधेयक दल फुटाउने उद्देश्यले ल्याउन लागेको होइन
-
वुमन भ्वाइसेस : शक्ति, पहिचान र रूपान्तरण
-
चीनको सुरक्षा चासो र एक चीन नीतिमा कांगेस नेताहरूको प्रतिबद्धता