पाँच वर्षमा समेत सडक नबनेपछि निर्माण कम्पनीलाई चेतावनीसहित पत्र

नाग्म गमगडी राजमार्गअन्तर्गत १३ किलोमिटरमा सडक निर्माणको काम ५ वर्षमा समेत पूरा हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर–हिरा नमिता जेभीलाई पत्र काटेको छ ।
डिभिजन सडक कार्यालय प्रमुख लिलाबहादुर भण्डारीले बाँकी काम सुरु गर्न पटक पटकको निर्देशन अवज्ञा गरेपछि ठेकेदार कम्पनीलाई नवौं पटक पत्र काटिएको जानकारी दिए ।
भण्डारीका अनुसार सो राजमार्गको सबै स्थानमा लगभग काम सकिएको छ तर सुरुवाती विन्दु १३ किलोमिटरमा ५ वर्ष अघि सुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिमपत्र काटिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।
२०७३ वैशाख १३ गते पहिलो पत्र दिइएको उक्त कम्पनीलाई हालै नवौं पत्र दिइएको हो । पुस २ गते सात दिनको अल्टिमेटम सहितको पत्र दिइएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले यसअघि २०७३ वैशाख १३ गते, २०७३ फागुन १७ गते, २०७४ असार ३२ गते, २०७४ फागुन २५ गते, २०७५ साउन २ गते, २०७६ भदौ २९ गते, २०७६ पुस २० गते, २०७६ चैत २ गते आठ पटक पत्र पठाइसकेको थियो ।
पुस २ गतेको सूचना अनुसार १० दिनभित्र काम नभए ठेक्का रद्द गरिने र अर्को कम्पनीलाई जिम्मा दिईने कार्यालयले जनाएको छ ।
आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठ रहेको सांसद बहादुर सिंह लामाको उक्त कम्पनीले २०७२ माघ ८ गतेदेखि २०७५ पुस ७ गतेसम्मको ठेक्का सम्झौता गरेको थियो । दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि थपिए पनि काम हुन सकेको छैन ।
सम्झौता रकम १० करोड १३ लाख ८ हजार एकसय ३० रुपैयाँ ५५ पैसामध्ये ७ करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैयाँ २६ पैसा भुक्तानी भईसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यता आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले भने अन्तिम सूचनाको अन्तिम दिन अर्थात् बिहीबार फोन गरेर सडक डिभिजन कार्यालयलाई काम सुरु गर्ने जानकारी गराएको कार्यालयले जनाएको छ ।
नाग्म गमगडीको सो १३ किलोमिटर क्षेत्रमा समयमै काम नहुँदा रारा र सिञ्जा जाने पर्यटकलाई सास्ती हुने गरेको छ । सो बाटोमा एम्बुलेन्स समेत लैजान कठिन भएको स्थानीय बरमबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल