शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिकिनी फोटोमाथि ट्रोल गर्नेहरुलाई कंगनाको तिखो जवाफ

बिहीबार, ०९ पुस २०७७, ०९ : ०६
बिहीबार, ०९ पुस २०७७

बलिउड नायिका कंगना रनौटले आफूलाई बिकिनी फोटोका लागि ट्रोल गर्नेहरु र उनलाई संस्कारको पाठ सिकाउनेहरुलाई तिखो जवाफ फर्काएकी छिन् । नायिकाले आफ्नो फेसबुक पोष्टमा मानिसहरुलाई धर्ममा चल्न सल्लाह दिँदै उनीहरुलाई धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् ।

कंगनाले आफ्नो सोसल मिडिया पोस्टमा लेखेकी छिन्, ‘केही मानिसहरुले मेरो बिकिनी फोटो हेरेर मलाई धर्म र सनातकको विषयमा पाठ दिइरहेका छन् । यदि कुनै बेला माता भैरवीले कपाल खोलेर, वस्त्रहीन भएर रगत पिउने अवतार लिएर आएको खण्डमा तिमीहरुले के होला ? तिमीहरुको केही लाग्दैन र आफूलाई भक्त भनिरहेका छौ ? धर्ममा हिँड, यसको ठेकेदार नबन ।’

यो फोटोका लागि ट्रोल भएकी थिइन् कंगनाः

कंगना रनोटले बुधबार बिहान सोसल मिडियामा आफ्नो मेक्सिको यात्राका बेला खिचिएको बिकिनी फोटो सार्वजनिक गरेकी थिइन् । यसमा उनी समुद्रको किनारामा बसिरहेको देखिएकी छिन् । नायिकाले क्याप्सनमा लेखेकी थिइन्, ‘शुभप्रभात साथीहरु । मैले जतिपनि यात्रा गरेँ, तीमध्ये सबैभन्दा उत्साहित पारिदिने स्थानमध्येको एक हो मेक्सिको । सुन्दर तर अप्रत्यासित स्थान । यो मक्सिकोको एउटा सानो टापु तुलुमको फोटो हो ।’

सोसल मिडिया प्रयोगकर्ताले कसरी गरे ट्रोल ?

फोटो हेरेपछि सोसल मिडिया प्रयोगकर्ताले उनीमाथि रोष व्यक्त गरे त केही प्रयोगकर्ताले उनको समर्थन पनि गरे । उदाहरणका लागि एक प्रयोगकर्ताले उनलाई संस्कृतको पाठ पढाउँदै उनलाई झाँसीकी रानीको अभिनय गरेकोमा उनले उनीबाट केही कुरा सिक्नुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप