शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पिता बन्न मुश्किल नहोस्, खानपिनमा समावेश गर्नुहोस् यी ६ खानेकुरा

बिहीबार, ०९ पुस २०७७, ०८ : ३७
बिहीबार, ०९ पुस २०७७

पुरुषको स्पर्म क्वालिटीमा डाइटको महत्वपूर्ण योगदान हुन्छ । खानाका केही कुराले स्पर्मको क्वालिटी उत्कृष्ट बनाउने काम गर्छ । हालै भएको एक नयाँ अनुसन्धानमा पुरुषले के खाँदा राम्रो हुन्छ भन्ने जानकारी दिइएको छ । यो स्टडी जर्नल एन्ड्रोलोजीमा छापिएको छ । अनुसन्धानमा कुन प्रकारको खानाले पुरुषमा स्पर्म क्वालिटीलाई परिवर्तन गर्छ भन्ने जानकारी दिइएको छ ।

अनुसन्धानमा नट्सको सेवन गर्दा १४ हप्तामै स्पर्मको क्वालिटी परिवर्तन हुने पत्ता लागेको छ । यो अनुसन्धान ७२ स्वस्थ पुरुष्मा गरिएको छ । यी सबै पुरुषले आफ्नो खानामा रातो मासु, चिनी र प्रोसेस्ड फुडजस्ता खानाको समावेश गर्दथे । यीमध्ये ४८ जनालाई १४ हप्तासम्म हरेक दिन ६० ग्राम नट्स खान भनियो र अन्य २४ जनाको खानामा कुनै पनि प्रकारको परिवर्तन गरिएन ।

अनुसन्धानमा हेभी डाइट लिने पुरुषको तुलनामा नट्स खाने पुरुषको स्पर्ममा विभिन्न रचनात्मक परिवर्तन देखियो । शोधमा पत्ता लागेअनुसार हरेक दिन नट्स खाँदा स्पर्म डिएनएको मेथलेशनमा असर पर्दछ । उनीहरुको खानामा बदाम (एल्मोन्ड), काजू, पिस्ता, ओखरलगायतका खानेकुरा समावेश गरियो । यसबाहेक उनीहरुहको स्पर्मको क्वालिटीमा थप वृद्धि भएको पनि भेटियो ।

फर्सीको बिउः

फर्सीको बिउमा जिंक र स्पर्म बढाउने सबै आवश्यक पोषक तत्व पाइन्छ । शरीरमा जिंकको मात्रा कम हुँदा टेस्टोस्टेरोनको स्तर पनि कम हुन्छ जसले स्पर्मको क्वालिटी खराब हुन्छ र इनफर्टिलिटीको खतरा बढ्ने गर्छ ।

डार्क चकलेटः

डार्क चकलेटमा अमिनो एसिड एल–आर्जिनिन पाइन्छ जसले शरीरमा वीर्य र शुक्रकिटको मात्रामा दोब्ब। वृद्धि गर्छ । डार्क चकलेटले शुक्रकिटको क्वालिटीलाई उत्कृष्ट बनाउने काम गर्छ ।

अनारः

अनारको रस एन्टिअक्सिडेन्टले भरपुर हुन्छ जसले शुक्रकिटको गुणस्तरमा सुधार गर्छ । शोधका अनुसार अनारको जुस पिउँदा पुरुषमा इरेक्टाइल डिस्फंशनको सम्भावना कम हुन्छ र उनीहरुको यौनजन्य क्रियाकलापमा पनि सुधार हुन्छ ।

भिटामिन सीः

सुन्तलामा अत्यधिक भिटामिन सी पाइन्छ जसले शुक्रकिटको गतिशीलता बढाउँछ र गुणस्तरमा पनि सुधार गर्छ । पुरुषले आफ्नो खानामा भिटामिन सीले भरपुर अन्य खानेकुरा जस्तै गोलभेँडा, बन्दागोभी र ब्रोकोली समावेश गर्नुपर्छ ।

हरियो पत्तेदार सागसब्जीः

हरियो पत्तेदार सागसब्जी फोलेटले भरपुर हुन्छ जसले पुरुषमा स्वस्थ र बलियो स्पर्म बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप