बेलायतमा कोरोनाको दोस्रो लहरः एकै दिन सात सयभन्दा बढीको मृत्यु
बिहीबार, ०९ पुस २०७७, ०७ : ३०

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण एकैदिनमा सात सय भन्दा बढीको मृत्यु भएको छ ।
यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो।
हाल बेलायतमा कोरोना भाइरसले नयाँ स्वरप परिवर्तन गेरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा मात्र थप सात सय ४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ । यसैगरी केरोना भाइरसका संक्रमितको संख्या पनि दोस्रो लहर सुरु भएयताकै सबै भन्दा बढी भएको छ ।
संक्रमित संख्या पनि गएको २४ घण्टामा ३९ हजार २७ ३ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ