बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा दाङका १२ जनाको विदेशमा मृत्यु

बुधबार, ०८ पुस २०७७, १५ : २६
बुधबार, ०८ पुस २०७७

घोराही । पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ ।
मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र बिरामी भएर उनीहरुको मृत्यु भएको हो ।

अन्य ६ जना मृतकको हकमा भने क्षतिपूर्तीको पहल भैरहेको छ । साथै रोजगारीको शिलशिलामा विदेश पुगेका मध्ये ५८ जनाको उद्धार भएको छ । अप्ठेरोमा परेका उनीहरुलाई दूतावास, मेनपावर कम्पनी र श्रम मन्त्रालयको सहकार्यमा उद्धार गरिएको हो । त्यसैगरी ठगीमा परेका २२ जना मध्ये ५ जनाको ९ लाख ५० हजार रुपैयाँ फिर्ता गराउन सफल भएको परियोजनाले जनाएको छ । दाङका करिब ७७ हजार नागरिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेको अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप