रुसी पूर्व राष्ट्रपतिलाई पक्राउ र छानविन गर्न नपाइने

एजेन्सी । रुसी संविधानको नयाँ संशोधन विधेयकमा राष्ट्रपति भ्यादिमिर पुटिनले मंगलबार हस्ताक्षर गरेका छन् । जसअनुसार पूर्व राष्ट्रपति र उनको परिवारविरुद्ध कुनै मुद्दा अघि बढ्ने छैन । प्रहरीले छानविनका लागि पक्राउ वा सोधपुछ गर्न पाउनेछैन ।
त्यस्तै, पद छाडेपछि आजीवन संसद्को माथिल्लो सदन सिनेटको सदस्य बन्ने अवसर पनि राष्ट्रपतिले पाउँछन् । अर्थात्, रुसमा एकपटक राष्ट्रपति बनेपछि जीवनभर अपराधका लागि प्रतिरक्षा प्रदान हुनेछ । गम्भिर अपराध र राजद्रोहजस्ता मुद्दा भने संसद्को तल्लो सदनमा दर्ता हुनसक्छ, यद्यपी माथिल्लो सदनले बहुमतले यसलाई उल्ट्याइदिनसक्छ ।
यो विधेयक यसअघि नै रुसका दुुबै संसद्बाट पारित भइसकेको छ । पुटिनले हस्ताक्षर गरेसँगै यसले वैधता पाएको छ । यस वर्ष जुुलाईमा संविधान संशोधनका लागि रुसमा जनमत संग्रह गरिएको थियो, जसमा पुटिनको पार्टी विजयी भयो ।
वर्ष २०३६ सम्म पुटिन रुसको राष्ट्रपति बनिरहन पाउने अर्थात् थप दुुई कार्यकाल राष्ट्रपति बन्ने बाटो पनि उनका लागि संविधान संशोधनले नै खोलेको थियो । पुटिन ६८ वर्षका भए र उनी अहिले चौथो कार्यकाल रुसको राष्ट्रपति छन् । उनको यो कार्यकाल २०२४ मा पूरा हुँदैछ । सन् २००० देखि नै रुसको सत्तामा रहेका पुटिनले कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद
-
म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
-
दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार