बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

नयाँ अध्ययन भन्छः कम्तिमा ८ महिना टिक्छ कोभिड–१९ इम्युुनिटी

बुधबार, ०८ पुस २०७७, १४ : ५३
बुधबार, ०८ पुस २०७७

संसारभर कोरोना भाइरसको कहर कायम छ । यहीबीच कोरोनाविरुद्धको इम्युनिटी अर्थात् प्रतिरोधी क्षमतालाई लिए पनि निकै चर्चा भइरहेको छ । एक नयाँ अध्ययनका अनुसार कोरोना भाइरसबाट निको भइसकेका व्यक्तिमा कम्तिमा ८ महिनासम्म यस भाइरसविरुद्धको रोग प्रतिरोधक क्षमता हुन्छ । 

अर्थात्, एकपटक कोरोनाबाट संक्रमित भइसकेको व्यक्तिमा कम्तिमा आठ महिनासँग यस संक्रमणसँग जुुध्नसक्ने क्षमता हुन्छ । 
यस अध्ययनले कोभिड १९ विरुद्धको खोप लामो समयसम्म प्रभावकारी रहने अपेक्षामा पनि बल मिलेको छ । यसअघि विगतका अध्ययनहरुले केही महिनाभित्रै कोरोना भाइरसविरुद्ध लड्न क्षमता कमजोर हुने जनाएका थिए । 

अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार प्रतिरक्षा प्रणालीभित्र विशिष्ट कोशिकाहरु हुन्छन्, जसलाई मेमोरी बी कोशिका भनिन्छ । मेमोरी बीले भाइरसद्धारा हुने संक्रमणलाई याद गर्छ, र फेरि भाइरसको संकेत मिलेमा तेज रुपमा उत्पादनको माध्यमबाट एक सुरक्षात्मक प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप