मेसीले तोडे पेलेको कीर्तिमान, बार्सिलोनाका लागि ६ सय ४४ गोल
बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै लियोनल मेसीले ब्राजिलियन महान् खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेसीले भाल्लाडोलिडविरुद्ध ६५ मिनेटमा गोल गर्दै यो कीर्तिमान तोडेका हुन् । खेल बार्सिलोनाले ३–० ले जित्यो ।
यसअघि गत शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा गोल गर्दै मेसीले पेलेको कीर्तिमान बराबरी गरेका थिए । पेलेले सन्तोष क्लबबाट खेल्दा ६ सय ४३ गोल गरेका थिए , जो कुनै एक क्लबका लागि एक खेलाडीले गरेको सर्वाधिक गोलको किर्तिमान थियो । ‘फुटबल खेल्न सुरु गर्दा कुनै किर्तिमान भंग गर्छु भनेर मैले कहिल्यै सोचेको थिइनँ । विशेषगरी आज मैले हासिल गरेको किर्तिमानजस्तो, जो पेलेको नाममा थियो,’ मेसीले इन्टाग्राममा लेखेका छन् ।
उनले आफ्ना साथीभाइ, सहकर्मी र सहयोग गर्ने हरेकप्रति धन्यवाद् प्रकट गरेका छन् । १३ वर्षकै उमेरमा बार्सिलोनाको युवा टोलीमा आबद्ध भएका मेसीले १७ वर्षको उमेरमा सन् २००४ मा सिनियर टोलीबाट डेब्युु गरेका थिए । उनले यस अवधिमा बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिगसहित ला–लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकपलगायत उपाधिहरु जिताइसकेका छन् । यस अवधिमा मेसीले सर्वाधिक ६ पटक बेलोन डि अर उपाधि समेत जितिसकेकका छन् ।
पेलेले दिएका थिए बधाई
शनिबार आफ्नो किर्तिमान बराबरी गरेपछि मेसीलाई पेलेले बधाई दिएका थिए । ‘तिमीलाई जस्तै मलाई पनि थाहा छ हरेक दिन एउटै जर्सी लगाउनुुको माया । तिमीलाई जस्तै मलाई पनि थाहा छ आफूलाई घरजस्तो लाग्ने ठाउँभन्दा राम्रो अरु कुनै ठाउँ छैन । एउटै क्लबलाई माया गर्ने हाम्रोजस्तो कथा दुुखद् रुपमा फुटबलमा दुुर्लभ बन्दै जानेछ,’ उनले लेखेका थिए । पेले अहिले ८० वर्षको भइसके । उनले १९५६ देखि १५ वर्षको उमेरमै उनले सान्तोषबाट डेब्युु गरेका थिए । उनले १९७४ सम्म सन्तोष क्लबबाट ६ सय ६५ खेल खेल्दै ६ सय ४३ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातोपानी कुण्डको संरक्षण आवश्यक : प्रचण्ड
-
ग्लोबल आइएमई बैंकले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने
-
‘सामाजिक सञ्जालसम्बन्धी विधेयक संविधानसँग मेल खाँदैन, यसलाई पुनर्लेखन नै गर्नुपर्छ’
-
थारु विवाह : जहाँ लगिन्छ कोसेलीमा ‘रक्सीसहितको पहुरा’
-
अध्यादेश पारित गर्न राष्ट्रिय सभामा जसपा निर्णायक
-
क्यान्सरको न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुग्ने नेपालको लक्ष्य छ: स्वास्थ्यमन्त्री पौडेल