१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्स सञ्चालन गरिँदै

काठमाडौं— सरकारले देशका प्रमुख नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याउने भएको छ । १५ पुषभित्र १३ प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्याको सचिवस्तरीय बैठकले निर्णय गरेको हो ।
सो निर्णयअनुसार स्वास्थ्य सेवा विभागले हेल्थ डेक्समा खटिने कर्मचारीको नाम प्रकाशित गरेर ती कर्मचारीलाई विभागमा सम्पर्क गर्न निर्देशन दिएको हो । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काकडभिट्टा नाका, सिरहाको मडार नाका, रौतहटको गौर नाका, रानी भन्सार विराटनगर नाका, भैरहवाको बेलहिया नाका, पर्साको वीरगञ्ज नाका, कपिलवस्तुको कृष्णनगर नाका, कैलालीको गौरीफन्टा नाका, बाँकेको जमुनाहा नाका, सिन्धुपाल्चोकको तातोपानी, कन्चनपुरको गड्डाचौकी, रसुवाको रसुवागढीमा ४८ जना अस्थायी दरवन्दी कायम गरी खटाउने स्वास्थ्य सेवा विभागको सूचनामा उल्लेख गरिएको छ ।
हेल्थ डेक्समा खटिने स्वास्थ्यकर्मीले ती नाका र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेहरुमा प्रकोपजन्य रोगहरुको पहिचान र निराकरण गर्न भूमिका खेल्न सूचनामा उल्लेख छ । स्वास्थ्यर्मीहरुले नेपाल प्रवेश गर्नेमा कुनै पनि सरुवा रोगको शंका लागेमा उपचारका लागि समन्वय समेत गर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य