मध्य फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या
बुधबार, ०८ पुस २०७७, १२ : ५९

लियोन । मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।
उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ । आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन