शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

बुधबार, ०८ पुस २०७७, ०९ : ४९
बुधबार, ०८ पुस २०७७

१. प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को प्रतिनिधिसभा कहिले विघटन गरियो ?
विक्रम संवत् २०७७ पुस ५ ।
– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो सिफारिस स्वीकृत भएपश्चात् वर्तमान प्रतिनिधिसभा विघटन हुन पुगेकोे छ ।
– साथै, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम राष्ट्रपतिद्वारा ताजा जनादेशमा जान २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुनेगरी मिति तोक्नुभएको छ ।
– विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाकोे कार्यकाल अझै दुई वर्ष बाँकी छँदा नै मध्यावधि निर्वाचन हुन लागेको हो ।
– कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट देश आर्थिक तथा अन्य सङ्कटमा परेका बेला खासगरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक मतमेद चुलिँदै जाँदा प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने निर्णय लिइएको ।
– प्रतिनिधिसभा विघटनसँगै द्विसदनात्मक सङ्घीय व्यवस्थापिकमा अब संविधानतः स्थायी सभा राष्ट्रियसभा मात्र बाँकी रहनेछ ।

२. नेपाल प्रज्ञाप्रतिष्ठानले ‘नेपाल प्रज्ञालङ्कार’ पुरस्कारबाट कसलाई सम्मानित ग¥यो ?
- चिनियाँ प्रोफेसर वाङ हङवेई (पुरस्कार राशि ः तीन हजार अमेरिकी डलर)
– प्रोफेसर वाङलाई भाषा, साहित्य एवम् कूटनीतिको क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत सो सम्मान प्रदान गरिएको ।
– उक्त प्रज्ञालङ्कार विदेशी नागरिकलाई दिइने विशिष्ट प्रज्ञा सम्मान हो ।
– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले नेपाल सामाजिकशास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार (राशि ः २ लाख) प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र एवम् नेपाल प्रज्ञा भाषा पुरस्कार (राशि ः २ लाख) प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरिएको ।
– त्यस्तै, एक लाख रुपियौँ राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरिएको ।
– त्यसैगरी, दुई÷दुई लाख रुपियाँ राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत आसामका लीलबहादुर क्षेत्री एवम् नेपाल प्रज्ञा पुरस्कार कृष्ण प्रकाश श्रेष्ठलाई प्रदान गरिएको ।

३. विश्वचर्चित फोब्र्स म्यागेजिनद्वारा हालै प्रकाशित बढी कमाइ गर्ने सेलिब्रेटीहरूको सूचीमा पहिलो स्थानमा पर्न सफल व्यक्तित्व को हुन् ?
अमेरिकी टेलिभिजनकर्मी तथा कस्मेटिक व्यवसायी काइली जेनर
– काइलीले यसपटक ५ सय ४० मिलियन डलर कमाइ गरेर अन्य सेलिब्रेटीलाई पछाडि पारेकी ।
– यसैगरी, सबैभन्दा बढी कमाइ गर्ने दोस्रो सेलिब्रेटीमा काइलीकै सौतेनी बहिनी किम कार्डसियनका पति तथा ¥यापर कान्या वेस्ट परेका ।
– त्यसैगरी, सो सूचीमा तेस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः चर्चित टेनिस खेलाडी रोजर फेडरर, पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो तथा अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेसी रहेका ।

४. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले सन् २०२० डिसेम्बर १६ मा सार्वजनिक विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन–२०२० अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
१४२औँ ।
– यसअघि सन् २०१८ मा नेपाल १४७औैँ स्थानमा रहेको थियो ।
– प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो ।
– तर, राष्ट्रिय योजना आयोग र युएनडीपीकै सहकार्यमा २०७७ मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो ।
दक्षिण एसियाली राष्ट्रहरूको स्थिति
७२औँ : श्रीलङ्का ।
९५औँ :माल्दिभ्स ।
१२९औँ :भुटान ।
१३१औँ : भारत ।
१३३औँ : बङ्गलादेश ।
१४२औँ : नेपाल ।
१५४औँ : पाकिस्तान ।
१६९औँ :अफगानिस्तान । प्रतिवेदनमा १८९ देश समेटिएका । प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष ८ महिना पुगेको ।
विद्यालयमा बिताउने समय १२ वर्ष ८ महिना रहेको ।
– प्रतिवेदनअनुसार गरिबी जनसङ्ख्याको हिस्सा ३४ प्रतिशत रहेको । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्त जनसङ्ख्याको हिस्सा ८२.६ प्रतिशत रहेको ।
– कुल जनसङ्ख्याको ६५ प्रतिशत हिस्सा कृषिमा आधारित रहेको । त्यस्तै, सेवा क्षेत्रमा संलग्न जनसङ्ख्या १९.९ प्रतिशत रहेको ।
– प्रतिवेदनअनुसार कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी तीन हजार ४५७ डलर पुगेको ।

५. राष्ट्र बैङ्कका अनुसार व्यक्तिगत आवधिक कर्जामा कति अवधिसम्म बैङ्कहरूले स्थिर व्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको छ ?
७ वर्ष ।
– (त्यसपछि कर्जा अवधि बाँकी रहेमा हरेक पाँच वर्षमा व्याजदार परिवर्तन गर्न सकिने व्यवस्था राष्ट्र बैङ्कले गरेको ।)

६. हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित डान्स रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको उपाधि जित्न सफल प्रतिभा को हुन् ?
सुमी मोक्तान र बिजु पार्की ।
(उपाधिसँगै मोक्तान र पार्कीको जोडीले २० लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरेको ।)

७. सरकारले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७ कहिले सार्वजनिक गरेको हो ?
विसं २०७७ पुस २ ।
(जलस्रोतको बहुआयामिक, समन्यायिक एवम् दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रूपान्तरण गर्ने सोचका साथ राष्ट्रिय जलस्रोत नीति ल्याइएको ।)

८. सन् २०२० डिसेम्बरमा ओमानको मस्कटमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को ३९औँ साधारणसभाले सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता कहाँ आयोजना गर्ने भएको छ ?
कतारको राजधानी दोहा ।
– यसैगरी, सन् २०३४ को एसियाली खेलकुद प्रतियोगिता साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिने भएको ।
– ओसिएको ३९औँ साधारणसभामा आयोजक राष्ट्र चयन गर्न भएको मतदानमा कतारले सर्वाधिक २७ मत प्राप्त गरेको थियो भने अर्को दाबेदार साउदी रियादले १० मत प्राप्त गरेको थियो । ८ मत तटस्थमा रहेको थियो ।
– दोहाले पछिल्लोपटक सन् २००६ मा एसियाली खेलकुदको आयोजना गरेको थियो ।
९. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाउने गरिन्छ ?
डिसेम्बर १८ ।
– (आप्रवासीहरू माथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घबाट डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्वन्धी महासन्धि १९९० पारित भएको दिनको सम्झनामा डिसेम्बर १८ का दिन यो दिवस मनाइँदै आएको ।)

१०. म्याग्दीस्थित राहुघाट–मङ्गले जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
३५.५ मेगावाट ।
– (सो आयोजनाको २०७७ मङ्सिरमा शिलान्यास गरिएको ।)

११. नेपालको पहिलो वैज्ञानिक भनी कसलाई चिनिन्छ ?
गेहेन्द्रशमशेर ।
– (यिनले आफ्ना सहयोगीका साथ बन्दुक, तोप, स्वचालित मोटरलगायतका वस्तु बनाएका थिए ।)

१२. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
प्रकाशको आवर्तन ।
– (फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)

१३. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्ट्याउने प्रक्रियालाई के भनिन्छ ?
प्रकाश विच्छेदन ।

१४. प्रतिसेकेन्डमा उत्पन्न हुने जम्मा तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?
आवृत्ति ।

१५. न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?
सन् १९७४ मे ।

१६. कुन–कुन जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो ?
दोस्रो र तेस्रो ।
– (सबैभन्दा उच्च वृद्धिदर विसं २०३८ को जनगणनामा रहेको ।)

१७. एसियाली विकास बैङ्कको स्थापना कहिले भएको हो ?
सन् १९६६ डिसेम्बर १९ ।
– एडीबीमा सुरुमा ३१ राष्ट्र संलग्न रहेकोमा हाल एसियाका ४८ र अन्य १९ गरी ६७ राष्ट्र सदस्य रहेका ।
– यसको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको ।
– सन् २०१५ को सुरुमा एडीबीमा जापानको १५.७ प्रतिशत, अमेरिकाको १५.६ प्रतिशत, चीनको ६.५ प्रतिशत, भारतको ६.५ प्रतिशत तथा अस्ट्रेलियाको ५.८ प्रतिशत लगानी रहेको ।

१८. विसं २०७७ मङ्सिरमा सम्पन्न काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १८औँ संस्करणमा अन्तर्राष्ट्रिय क्याटागोरीमा उत्कृष्ट फिल्मको उपाधि (पुरस्कार राशि २ लाख) जित्ने फिल्म कुन हो ?
द सिल्होटेज ।
– अन्तर्राष्ट्रिय विधामा ‘द विलभ्ड डटर’ ले फस्र्ट रनर अप (१ लाख ५० हजार राशि) र ‘बाटो’ले सेकेन्ड रनरअपको अवार्ड (एक लाख राशि) जितेका ।
– त्यस्तै, नेपाल पानोरमाअन्तर्गत ‘सङ्स अफ क्लाउडस्’ले बेस्ट नेपाली फिक्सन स्टोरी फिल्मको अवार्ड (एक लाख राशि) जितेको ।

१९. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुुन हो ?
चिल्का ताल (भारत) ।

२०. नेपालमा हात्तीपोलो प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?
सन् १९८२ ।

२१. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?
बाग्लुङ ।

२२. फिफा सर्वश्रेष्ठ खेलाडी (पुरुष)–२०२० घोषित हुन सफल खेलाडी को हुन् ?
पोल्यान्डका रोवर्ट लेवान्डोस्की ।
– त्यस्तै, इङ्ग्ल्यान्डकी लुसी ब्रोन्ज सर्वश्रेष्ठ महिला फुटबल खेलाडी घोषित भएकी ।
– लिभरपुलका युर्गेन क्लप सर्वश्रेष्ठ प्रशिक्षक घोषित भएका । उनले लगातार दोस्रोपटक सर्वश्रेष्ठ प्रशिक्षकको उपाधि जितेका ।
– नेदरल्यान्डलाई सन् २०१९ मा विश्वकपको फाइनलमा पु¥याउने सरिना विगम्यान सर्वश्रेष्ठ महिला प्रशिक्षक घोषित भएकी ।
– उत्कृष्ट गोलरक्षकको उपाधि जर्मनीका म्यानुअल नुअर र फ्रान्सकी सराह वाउहाडीले प्राप्त गरेका ।
– टोटेनहामबाट खेल्ने दक्षिण कोरियाका सन हियुङ मिनले बर्नलीविरुद्ध गरेको गोल सर्वश्रेष्ठ गोल घोषित भएको ।
– म्यानचेस्टर युनाइटेड तथा इङ्ग्ल्यान्डका फरवार्ड मार्कस ¥यासफर्डलाई बालबालिका एवम् गरिबी उन्मूलन अभियान चलाएको भन्दै
सम्मान गरिएको ।

२३. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?
- भूमध्यरेखा ।

२४. विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुुन हो ?
- अफ्रिका ।

२५. विश्वमा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?
- भारत ।

२६. साप्टा, बिम्सटेक, ट्रिप्स र साफ्टामध्ये विश्व व्यापार सङ्गठन
(डब्लूटीओ) सँग कुन सम्बन्धित छ ?
- ट्रिप्स ।

२७. यस वर्ष (२०७७) को विकल्प वाङ्मय साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?
- वरिष्ठ भाषासेवी शान्तदास मानन्धर ।
– (त्यस्तै, रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्यचिन्तक आहुति एवम् रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको ।)

२८. विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा स्वीस फाउन्डेसनद्वारा प्रदान गरिएको ‘वल्र्ड हेल्थ अवार्ड २०२०’ बाट सम्मानित हुन सफल नेपाली चिकित्सक को हुनुहुन्छ ?
- चिकित्सकद्वय डा. पशुपति महत र डा. अरूणराज कुँवर ।
– स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने डाक्टरलाई दिइने यो अवार्ड प्राप्त गर्ने उहाँहरू पहिलो नेपाली चिकित्सक हुनुहुन्छ ।
– डा. महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुनुहुन्छ भने कुँवर कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटमा कार्यरत हुनुहुन्छ ।

२९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ?
- बझाङ ।

३०. चीनको साङ्घाईमा आयोजना गरिएको इसीआई अवार्ड २०२० समारोहमा इसीआई मार्केटिङ इनोभेसन अवार्ड जित्ने नेपाली संस्था कुन हो ?
- आउटरिच नेपाल ।
– (यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी प्रचार अभियानका लागि प्रदान गरिएको कम्पनीको जनाएको ।)
-गोरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप