बेलायत नाकाबन्दी र कोरोना संक्रमणको मारमा

लन्डन । सन् २०२० अन्तिम घडीमा आइपुग्दा यतिबेला बेलायत थुप्रै समस्याले ग्रस्त भएको छ । ब्रेक्जिटको अवधि अब केहि दिनमात्र बाँकी रहँदा अहिलेसम्म कुनै अन्तिम टुंगो लाग्न सकेको छैन । कोरोना भाइरसको नयाँ स्वरूप देखा परेपछि बेलायत यतिबेला झन्डै पाँच दर्जन मुलुकहरुबाट तिरस्कृत बन्न पुगेको छ । बेलायतको मुख्य व्यापारिक नाकाको रुपमा रहेको डोबर नाका फ्रान्सले ४८ घन्टाको लागि बन्द गरेपछि एक हजार पाँच सय भन्दा बढी लरीहरु सडकमै अलपत्र भैरहेका छन् । बेलायतमा दुई साताभित्र खाद्यान्न संकट हुनसक्ने प्रधानमन्त्री बोरिस जोन्सनले यसघि नै बताइसकेका छन् ।
बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले नयाँ रुप परिवर्तन गरेपछि कोरोना विरुद्धको भ्याक्सिन्ले जगाएको आशालाई निराशामा परिवर्तन गरिदिएको छ । यद्धपि यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेका छन् । यतिबेला रेल यातायात, हवाई यातायात तथा सडक यातायातमा समेत अवरुद्ध हुँदा बेलायतले ठूलो संकट खेपिरहेको छ । कोरोना परीक्षण गरेर नेगेटिभ भएकालाई जान दिनुपर्ने अधिकारीहरुले बताउँदै आएका छन् ।
विभिन्न आन्तरिक समस्या झेलिरहेको बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपले बढेको छ । पछिल्लो २४ घन्टामा ३६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मको सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार मंगलबार सांझसम्ममा ३६ हजार ८०४ जना नयां कोरोना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख दश हजार ३१४ पुगेको छ ।
यसै गरि पछिल्लो २४ घन्टामा थप ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । दैनिक हस्पिटल भर्ना हुनेकोरोना सनाक्रमित को संख्या पनि उल्लेख्य वृद्धि भएको स्वास्थ्य विभागले जनाएको छ ।
संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा ‘टीयर ४’ नाम दिएको लकडाउनको घोषणा गरेको छ, जुन यसघि गरिएको देशव्यापी लकडाउन जस्तै छ । हाल बेलायतमा देखिएको नयां किसिमको भाइरस ‘भियूआइ(२०२०१२०१’ यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने