चितवन कारगारमा कैदीको मृत्यु
मङ्गलबार, ०७ पुस २०७७, २० : ०५
चितवन । कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् ।
उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो । उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशलाई हराउन आर्मी क्लबले २८ रन बनाए पुग्ने
-
कांग्रेसले बेवास्ता गरेको प्रवासको ऊर्जा
-
निजामती सेवामा छुटेको वर्गलाई समावेश गर्नुपर्छ : ओझा
-
अध्यादेशमार्फत २७ ऐन संशोधन गर्न बालुवाटारमा यसरी जुटेको थियो सहमति
-
स्नातकोत्तर तहको नेटवर्क तथा साइबर सेक्युरिटी कोर्समा त्रिविले दियो नयाँ विकल्प
-
रौतटहमा राष्ट्रिय समता पार्टी घोषणा