शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रम ओलीको समर्थनमा दीप प्रज्वलन, तस्विर हेर्नुहोस्

मङ्गलबार, ०७ पुस २०७७, १९ : ०७
मङ्गलबार, ०७ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला विभाजित बनेको छ । ओली नेतृत्व र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालनेतृत्वको समुहले छुट्टाछुट्टै बैठक गरेका छन् । नेतृत्व तहमा देखिएको विभाजनको असर पार्टीको भ्रातृ संगठनमा पनि देखिएको छ । एक समुहले प्रम ओलीको कदमको विरोध गरिरहँदा अर्को समुहले भने ओलीको समर्थनमा प्रदर्शन गरिरहेको छ ।

मंगलबार अनेरास्ववियूका विद्यार्थीहरुले आरआर क्याम्पस अगाडि ओलीको बडेमानको तस्विर लिएर प्रदर्शन गर्नका साथै दीप प्रज्वलन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप