नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकता हामीसँगै छ: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधित्व गरेको दावी गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको स्मरण गराए ।
उनले भने, ‘यहाँ (बैठकस्थलमा) तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठुलो उपस्थिति छ,’ उनले भने, ‘त्यसैले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यो नै हो ।’ उनले नेकपाको केन्द्रीय समिति बैठक यही भएको दावी गर्दै अगाडि भने, ‘केन्द्रीय समिति बैठकका लागि आवश्यक सबै वैधानिकता यो बैठकमा छ ।’
बैठकमा ६६ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यको प्रतिनिधित्व रहेको र जिल्ला बाहिर रहेका अझै केही साथीहरु बेलुकासम्म आउने सूचना आफूले पाएको जानकारी दिँदै उनले भने, ‘संविधानको मर्म र भावना, निर्वाचन आयोगका नियम, कानुनअनुसार यो नै नेकपाको आधिकारिक र वैधानिक बैठक हो ।’
प्रचण्डले केपी ओलीको अध्यक्षतामा आयोजित बैठकले वैधानिकता र आधिकारिकताका सबै आधार गुमाएको दावी गरे । ओलीको अध्यक्षतामा बसेको बैठकलाई उनले ‘गुटको भेला’ संज्ञा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण