थाइल्याण्डका राजाकी प्रेमिकाको सयौं नग्न फोटो ‘लिक’
थाइल्याण्डका राजा महा वाजिरालोंगकोर्नकी प्रेमिका सिनित वोंगवजिरापकडीको करिब एक हजार फोटो सार्वजनिक भएको छ । द टाइम्स डट को डट यूकेको रिपोर्ट अुनसार यीमध्ये धेरैजसो नग्न फोटो समावेश छन् । राजाकी श्रीमती सुथिडा र प्रेमिकाम सिनितबीच झगडाका कारण तस्बिर लिक भएको धेरैले अनुमान गरेका छन् । सुथिडा थाइल्याण्डकी रानी हुन् ।
थाइल्याण्डका राजाकी प्रेमिका सिनितको फोटो यस्तो समयमा लिक भएको छ जब उनी जेलबाट बाहिर निस्किएर राजाको नजिक पुगेकी छिन् । गत वर्ष आश्चर्यजनक रुपमा प्रेमिकालाई जेलमा बन्द गरिएको थियो । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेको थियो ।
डेली मेलको रिपोर्ट अनुसार सिनितको नग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ । यी तस्बिर सन् २०१२ देखि २०१४ बीच खिचिएको हो । सुनित आफैंले नै यी तस्बिर खिचेको बुझिएको छ ।
थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ । थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।
४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् । सुथिडा महारानी हुनुअघि थाई एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् जबकी सिनत आर्मी नर्स थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा