सेयर बजार ९५ अंकले उकालो लाग्यो

काठमाडौं । संसद ‘विघटन’ पछिको अन्यौलग्रस्त अवस्था र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादलाई छिचोल्दै सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २ हजार ६१ दशमलव ४६ विन्दुमा पुगेको हो । दिनभरको कारोबारमा आज ६ अर्ब ७४ करोडको कारोबार भयो ।
मंगलबार बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको थियो । त्यसमध्ये १ सय ५९ कम्पनीको मूल्य बढेका छन् । ९ कम्पनीको मूल्य घटेका छन् भने बाँकी ७ वटा कम्पनीको मूल्य स्थिर रहेका छन् । आज बजारमा नेप्से परिसूचकसँगै सेन्सिेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिसूचक बढ्दा सबै उपसूचकहरु समेत बढेका छन् । जीवनबीमा क्षेत्रको वृद्धिदर ७.४३ प्रतिशत भन्दा बढी देखिएको छ । निर्जीवन बीमा कम्पनी, हाइड्रोपावर र अन्य समूहको वृद्धि पनि ५ प्रतिशत भन्दा बढी छ ।
आजको बजारमा शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर सेयर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, साञ्जेन जलविद्युत्, एनआईसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, एनसीसी बैंक र राष्ट्रिय बीमा कम्पनीको साधारण सेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
बजारको उच्च वृद्धिका बाबजुद नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दी हाइड्रोपावरको मूल्य भने ९ प्रतिशत भन्दा बढीले घटेको छ । आजको बजार सुरु देखिनै उकालो लाग्न थालेको थियो । बीचमा केही उचार चढाव भए पनि बजार खुलेदेखि नै परिसूचक सकारात्मक भएर बन्द भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ
-
यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ